२०८३ बैशाख २३ गते , बुधबार

ब्राउन सुगर बिक्री गर्दागर्दै मेचीनगरकी महिला पक्राउ

sajilo news
झापा
२०८१ माघ ९ गते , बुधबार
ब्राउन सुगर बिक्री गर्दागर्दै मेचीनगरकी महिला पक्राउ

लागूऔषध ब्राउनसुगर बिक्री गर्दै आएकी मेचीनगर-१३ चारआलीकी एक जना महिला पक्राउ परेकी छन् । गएराति १०:३० बजे मेचीनगर-१३ चारआली बस्ने अन्दाजी २५ वर्षीया लुबी कामाईको घरमा लागूऔषध बेचबिखन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी टोलीले खानतलासी लिएको थियो ।

त्यस क्रममा उनी सुत्ने कोठाबाट खैनीको प्याकेटभित्र राखिएको प्लास्टिकसहित ६३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारी राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । भारत नागाल्याण्ड माइत भएकी कामाईले आफ्नो घरमा लागूऔषध बिक्री गर्दै आएको खुलेको थियो ।

सम्बन्धित समाचार