२०८३ असार ५ गते , शुक्रबार

झापामा बोलेरो र अटो गाडी ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

sajilo news
पार्थ मण्डल
२०८१ माघ ७ गते , सोमबार
झापामा बोलेरो र अटो गाडी ठोक्किँदा एकको मृत्यु, तीन जना घाइते

झापा । झापामा बोलेरो र अटो गाडी ठोक्किँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी  तीन जना घाइते भएका छन् । बुद्धशान्ति गाउँपालिका –४ चापेन चोकस्थित मेची राजमार्गमा चारआलीबाट इलामतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३८५१ नम्बरको बोलेरो गाडी र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००२ ह ३६३ नम्बरको अटो सोमबार बिहान १०ः४५ बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । 

दुर्घटनामा परी अटोमा सवार बुद्धशान्ति- ४ का २१ वर्षीया कृतिका तामाङ, सोही ठाउँका २७ वर्षीया अमृता तामाङ, ४१ वर्षीया मञ्जु तामाङ र बोलेरो चालक मेचीनगर नगरपालिका- १२ का ४० वर्षीय दिलकुमार माझी घाइते भएका थिए । घाइतेहरूलाई सिटी अस्पताल बुधबारेमा उपचारका लागि लगिएको थियो । त्यहाँबाट अटोमा सवार अमृताको अवस्थामा गम्भीर देखिएकोले थप उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो । अस्पताल पुर्‍याउनसाथ चिकित्सकले अमृतालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए । दुवै गाडीसहित अटो चालक बुद्धशान्ति- ४ का ५३ वर्षीय अजय मुक्तान इलाका प्रहरी कार्यालय बुधबारेले नियन्त्रणमा लिएको छ । 

सम्बन्धित समाचार