२०८३ असार ५ गते , शुक्रबार
मुस्लिम इत्तेहाद संगठन भद्रपुरको अध्यक्षमा ताजिर
नेपाल मुस्लिम इत्तेहाद संगठन भद्रपुरको प्रथम नगर अधिवेशनबाट ताजिर शेखको अध्यक्षतामा १५ सदस्यीय कमिटी सर्वसम्मत भएको छ ।
शनिवार भद्रपुरमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा महम्मद सुभान, सचिवमा कुर्बान शेख, उपसचिवमा रेस्मा शेख र तबस्सुम शेखलाई सर्वसम्मत गरेको हो । सदस्यहरूमा अकबर खान, मुनाजीर शेख, अफिद शेख, मोहमत सफिक, मैनुदिन शेख, मुरिजम खातुन, मफकेक शेख, फजल रहमान, अलि शेख, साहानी खातुन रहेका छन् ।
इन्ताज शेखको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रीय सदस्य झापा इन्चार्ज इस्लाम अन्सारी रहेका थिए ।नेकपा एमाले प्रदेश कमिटी सदस्य वसन्त बानियाँ, भद्रपुर नगर अध्यक्ष निर्माण नेपाल लगायतको आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो ।