निजामती कर्मचारी सङ्गठन झापाको बृहत् वनभोज कार्यक्रम सम्पन्न
झापा । नेपाल निजामती कर्मचारी सङ्गठन एवम् राष्ट्रसेवक सहकारी झापाले बृहत् वनभोज कार्यक्रम शनिबार सम्पन्न गरेको छ । एमाले हल्दीबारी कमिटीको व्यवस्थापनमा भएको वनभोज कार्यक्रम सङ्गठनका अध्यक्ष केदार पोखरेलको अध्यक्षता तथा कोशी प्रदेशका खानेपानी सिचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा हल्दीबारी २ भेलागुडी सिमसारमा सम्पन्न भएको थियो ।

राष्ट्रसेवक सहकारी बचत तथा ऋण सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि एकराज कार्की, भद्रपुर नगर प्रमुख गणेश पोखरेल, राष्ट्रसेवक सहकारी बचत तथा ऋण सहकारी मोरङका अध्यक्ष जीवन काफले, प्रदेश सांसद छवि चुँडाल लगायतले मन्तव्य राखेका थिए ।
राजन न्यौपानेले स्वागत गरेको कार्यक्रममा रमाइलोका लागि हाउजी खेल खेलाइएको थियो । खेलमा छवि सुवेदी विजेता भएका थिए । कार्यक्रममा साँस्कृकित कार्यक्रम सम्पन्न गरिएको थियो ।