२०८३ असार ५ गते , शुक्रबार

निजामती कर्मचारी युनियन झापाको जिल्ला अधिवेशन सम्पन्न

sajilo news
रेवतीराज घिमिरे
२०८१ माघ ५ गते , शनिबार
निजामती कर्मचारी युनियन झापाको जिल्ला अधिवेशन सम्पन्न

भद्रपुर । नेपाल निजामती कर्मचारी युनियन झापाको ९ औं जिल्ला अधिवेशन शनिवार भद्रपुरमा सम्पन्न भएको छ। अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस झापाका सभापति देउमान थेबेले पार्टीका तर्फबाट निजामती युनियनका समस्याहरू समाधान गर्न आफू कटिबद्ध भएको बताउँदै आस्थाका आधारमा कुनै पनि कर्मचारीलाई विभेद गर्न नहुने बताए ।

उनले झापामा निजामती कर्मचारीले  नेपाली काँग्रेस पार्टीलाई कर्मचारीहरूको अभिलेखीकरणका लागि नामावली पठाउन सुझाव दिँदै जसले गर्दा कर्मचारीको हक हितमा काम गर्न सहज हुने बताए । कार्यक्रममा युनियन झापा अध्यक्ष कवीन्द्र विक्रम नेम्वाङले सङ्गठनको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कर्मचारीका समस्या र अधिकारका विषयमा निजामती ऐनले सबै कर्मचारीको हक अधिकारलाई समेट्न नसकेकोले संशोधन गर्नु पर्नेमा जोड दिए । 
कार्यक्रममा बोल्दै युनियन कोशी प्रदेश अध्यक्ष मानबहादुर वनले कर्मचारीका हक अधिकार र कर्तव्य बाट आफू कहिल्यै  नझुक्ने बताउँदै आस्थाका आधारमा गरिने कर्मचारीको सरुवा  बढुवामा युनियनलाई  स्वीकार्य नहुने बताए ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विश्व नेपाल, ट्रेड युनियन काँग्रेस झापा अध्यक्ष यज्ञप्रताप अधिकारी, पूर्व युनियन केन्द्रीय सदस्य दीपेन्द्र खत्री, पर्शुराम मण्डल ,जगत् मगर, मेघराज  बास्तोला लगायतले मन्तव्य राखेका थिए। नेम्वाङको अध्यक्षता सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष यशोदा कोइराला र सञ्चालन सहसचिव चन्द्र पौडेलले गरेका थिए । 

सम्बन्धित समाचार