२०८३ असार ५ गते , शुक्रबार

सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

sajilo news
झापा
२०८१ माघ ४ गते , शुक्रबार
सुक्खा पहिरोले खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध

संखुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा सुक्खा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। आज भोटखोला–३ सेम्बुङमा सुक्खा पहिरो जाँदा उत्तरी क्षेत्रको खाँदबारी–किमाथाङ्का सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए। 

सुक्खा पहिरोका कारण भोटखोला गाउँपालिका जाने यात्रुवाहक गाडी र यात्रुहरु अलपत्र परेका छन्। उनले ठूलो क्षेत्रमा सुक्खा पहिरो झरेका कारण पहिरो हटाउन भोलिसम्म लाग्ने बताए।

सुक्खा पहिरोले भोट खोलाको केन्द्र जाने नागरिकको आवतजावत र सामान ढुवानीमा समस्या भएको छ। अवरुद्ध सडक खुलाउन सडक कार्यालयले स्काभेटर त्यस क्षेत्रमा पठाएको प्रहरीले जनाएको छ।  

सम्बन्धित समाचार