२०८३ असार ५ गते , शुक्रबार

झापा बारको साधारणसभा सम्पन्न 

sajilo news
रेवतीराज घिमिरे
२०८१ माघ ४ गते , शुक्रबार
झापा बारको साधारणसभा सम्पन्न 

भद्रपुर । नेपाल बार एसोसिएसन झापाको ५८ औं  वार्षिक साधारणसभा भद्रपुरमा सम्पन्न भएको छ । एसोसिएसनको सभाहलमा शुक्रबार सम्पन्न सभाको एसोसिएसन केन्द्रीय उपाध्यक्ष सुरज तिम्सिनाले उद्घाटन गरेका हुन् ।  उद्घाटन गर्दै उनले एसोसिएसनको विगत ३ बर्षे कार्यकालमा बार र बेन्च बिचको सम्बन्ध सुधारमा उल्लेखनीय कार्य गरेको बताए । उनले कुनै सेवाग्राहीले पैसाकै कारणबाट न्याय पाउन नसकेका सेवाग्राहीलाई  कानुन व्यावसायिले प्रदान गर्ने सेवा प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै प्रपोजल सर्भिसका कारण सेवाको बारेमा सम्पूर्ण सेवाग्राहीलाई जानकारी गराउन आवश्यक रहेको समेत उल्लेख गरे ।  

कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनतालाई न्यायको अनुभूति गराउने जिम्मेवार निकाय कानुन व्यावसायिक भएको उल्लेख गर्दै  विपन्न वर्गको खोजीमा काम गर्न आग्रह गरे । त्यस्तै जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी  कृष्णकुमार चन्द, न्यायाधीश उमेश प्रसाद  लुइँटेल,  एसोसिएसन पूर्व उपाध्यक्ष अशोककुमार पोखरेल वरिष्ठ अधिवक्ता दामोदर सापकोटा लगायतले मन्तव्य राख्दै न्यायपालिकाको शुद्धीकरण कानुन र संविधानमा लेखेर मात्र नहुने भएकोले व्यवहारमा प्रयोग गरी राजनीति हाबी हुन दिन नहुनेमा जोड दिएका छन्। नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव सन्तोष  प्रसाईँ र स्वागत मन्तव्य उपाध्यक्ष भीम बरालले गरेका थिए ।  

सम्बन्धित समाचार