२०८३ असार ५ गते , शुक्रबार

आगो ताप्ने क्रममा सुनसरीमा एक वृद्धा घाइते

sajilo news
सुनसरी
२०८१ माघ ४ गते , शुक्रबार
आगो ताप्ने क्रममा सुनसरीमा एक वृद्धा घाइते

आगोले जलेर सुनसरीमा एक वृद्धा गम्भीर घाइते भएकी छन् । हिजो दिउँसो ३:३० बजे सुनसरी इनरुवा –५ बलाहा बस्ने ७२ वर्षीया कमलाकुमारी न्यौपाने आफ्नै घरमा घुर बाली आगो ताप्ने क्रममा सारीमा आगो सल्किएर घाइते भएकी हुन् । कम्मरभन्दा मुनि दुवै खुट्टाको तिघ्रामा जलेर घाइते भएकी वृद्धाको जिल्ला अस्पताल सुनसरी इनरुवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार