२०८३ असार ५ गते , शुक्रबार

दुबईमा अलपत्र परेकाहरूको सारथी बन्दै नवीन

sajilo news
झापा
२०८१ माघ ३ गते , विहीबार
दुबईमा अलपत्र परेकाहरूको सारथी बन्दै नवीन

वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स(युएई) पुगेर अलपत्र परेका नेपाली कामदारहरूलाई एक व्यक्तिले निरन्तर सहयोग गर्दै आएका छन् ।

बरदुबईको नेपाली पार्क वा नजिकै धेरै नेपालीहरू जाडो होस् वा गर्मी, सुटकेसको सिरानी हालेर पुरानो ओडने ओडेर सुतिरहेको अवस्थामा नेपालीहरूलाई निःशुल्क खाने बस्ने व्यवस्था गर्दै आएको एपसुङ मोबाइलका सञ्चालक नवीन विकले जानकारी दिए ।

दुबई आएर समस्यामा परेका वा पार्क वा पाटी पौवामा सुत्न विवश भएकाहरूलाई उद्धार गरेका छौ,सञ्चालक विकले भने,–एक महिनाको अवधिमा ३० जना नेपालीहरूलाई निःशुल्क खान बस्नको व्यवस्था गरेका छौँ।

प्रारम्भिक चरणमा ३० जनालाई खान बस्ने व्यवस्था गरिएको भए पनि निकट भविष्यमा १०० जनासम्मलाई निःशुल्क खान बस्ने व्यवस्था तथा घर फिर्तीको हवाई टिकट व्यवस्था गरिने उनले बताए।भिजिट भिसा वा काम नपाएर अलपत्र परेकाहरूलाई सम्पर्कमा आउन पनि अनुरोध गरेका छन्। यसको लागि दुबईमा रहेका नेपाली र नेपालबाट भिजिटमा आउने नेपालीहरूलाई पसल भिजिट गर्न समेत भनेका छन्।

नेपालबाट दलालको प्रलोभनमा परी आकर्षक तलब र सेवा सुविधा पाउने आसमा भिजिट भिसा मार्फत दुबई पुगेर अलपत्र पर्ने नेपालीहरूको सङ्ख्या ठुलो छ। कतिपयले काम पाएपनि तलब नपाउने भएका कारण आफूहरूलाई दलालले फसाएको भन्दै उद्धारका लागि हारगुहार गर्ने गरेका छन्।

अबुधावीस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेपछि भिजिट भिसामा कामका लागि नआउन आग्रह गर्दै आएको छ। भिजिट भिसामा आएर काम नपाएमा वा भने अनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न नसकिने दूतावासले जनाएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा पर्न सकिने जनाएको छ।

सम्बन्धित समाचार