२०८३ असार ५ गते , शुक्रबार

६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

sajilo news
झापा
२०८१ माघ २ गते , बुधबार
६० लाख धरौटी बुझाएर छुटे रवि लामिछाने

गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी मुद्दामा धरौटी बुझाएर रिहा भएका छन्।

लामिछाने जिल्ला अदालत काठमाडौँमा धरौटीबापत बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन्। काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी अमरबहादुर चन्दले लामिछानेले  बैंक ग्यारेन्टीमा धरौटी बुझाएको जानकारी दिए। 

पूर्वगृहमन्त्री लामिछानेलाई ६० लाख धरौटीमा छाड्न काठमाडौँ जिल्ला अदालतले आज आदेश दिएको थियो। न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उक्त आदेश दिएको हो। काठमाडौँ कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको आरोपमा उनीविरुद्ध मुद्दा परेको थियो । 

सम्बन्धित समाचार