२०८१ माघ २७ गते , आईतबार

चारआलीमा होटेल हाइवेको उद्घाटन

sajilo news
झापा
२०८१ माघ १ गते , मंगलबार
चारआलीमा होटेल हाइवेको उद्घाटन

चारआली । होटेल व्यवसायी सङ्घ मेचीनगर अध्यक्षका सुरेशकुमार श्रेष्ठले आर्थिक मन्दी र पर्यटन आगमनमा समस्याले होटेल व्यवसायमा चुनौती थपिएको बताएका छन् । झापाको मेचीनगर-१३, चारआलीमा सञ्चालनमा आएको होटेल हाइवे एन्ड रेस्टुरेन्टको मंगलबार उद्घाटनपछि बोल्दै अध्यक्ष श्रेष्ठले त्यस्तो बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले पछिल्लो समयमा घर भाडामा होटेल  व्यवसाय गर्ने व्यवसायीको पलायन बढेसँगै दक्ष जनशक्तिको पलायन बढेकोले चुनौती थपिएको बताएका हुन् । मेचीनगरमा पाँच सय ५० वटा होटेल रहेपनी आर्थिक मन्दीको सामना गर्न नसक्दा दुई सयले मात्रै दर्ता नवीकरण गरेको उनले बताए । आर्थिक लाभ गर्ने उद्देश्यले आफ्नो सम्पूर्ण लगानीबाट होटेलमा आगन्तुक पाहुना आएर खाना खाने, लजमा बस्ने अनि जाने बेलामा गोजी टकटक्याउने विकृति बढेकाले सचेत भएर व्यवसाय सञ्चालन गर्न आग्रह गरे । 

कार्यक्रममा होटेल व्यवसायी सङ्घ कोशी प्रदेश सदस्य नर्बु लामा शेर्पा, कोषाध्यक्ष हेमराज भट्टराईले सफलताको शुभकामना दिएका थिए ।मेचीनगर-१३ का टोल अध्यक्ष राजेन्द्र कार्की, बयोबृद्वा वेणु डाँगीलगायतको सहभागिता रहेको उद्घाटन कार्यक्रममा होटेल हाइवे एन्ड रेस्टुरेन्टको सञ्चालक अपूर्व डाँगीको अध्यक्षता तथा होटेल व्यवसायी सङ्घ मेचीनगरका वरिष्ठ उपाध्यक्ष ध्रुव गिरीले सञ्चालन रहेको थियो ।

होटेल हाइवे एन्ड रेस्टुरेन्टमा हाल दुई जना कुक, दुई जना वेटर एक जना सरसफाइ गरी ५ जनालाई रोजगारी प्रदान गरेको छ भने खाजा र खानासहित ४० आइटमको स्वाद लिन सकिने होटेल व्यवस्थापक निशान डाँगीले बताए ।ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै १० लाख बढी लगानी गरिएको र केहिदिन मै पारिवारिक सुविधा सम्पन्न फेमिल्ली लज सञ्चालनमा ल्याउने सञ्चालक अपूर्व डाँगीले जनाकारी दिए ।

सम्बन्धित समाचार