२०८१ फाल्गुन ४ गते , आईतबार

विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

sajilo news
मोरङ
२०८१ पौष २९ गते , सोमबार
विराटनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु

विराटनगरमा यात्रुवाहक बसको ठक्करबाट सोमबार साँझ एक जना महिलाको मृत्यु भएको छ। प्रहरीका अनुसार कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ स्थित हिमाल आँखा अस्पताल अगाडि साँझ ५:५० बजेतिर दुर्घटना भएको हो। मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर राजन लम्सालले दुर्घटनामा परेर विराटनगर–१४ की अन्दाजी ५५ वर्षीया हक्री खातुनको मृत्यु भएको जानकारी दिए। 

उनका अनुसार पैदलयात्री महिलालाई सडक पार गर्दै गर्दा प्रदेश १–०१–००१ ख् ४४८३ नम्बरको बसले ठक्कर दिएको थियो। रानीबाट विराटनगर बसपार्कतर्फ आउँदै गरेको बसको ठक्करबाट गम्भीर घाइते भएकी खातुनलाई उद्धार गरेर उपचारका लागि कोशी अस्पताल लगियो। अस्पताल पुर्याउनसाथ चिकित्सकले साँझ ६:१० बजेतिर मृत घोषित गरेको इन्स्पेक्टर लम्सालको भनाइ छ। 

दुर्घटनालगत्तै प्रहरीले बस र चालक विराटनगर–१७ का ४५ वर्षीय सोमराज भट्टराईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। तीव्र गतिमा रहेको बसले पैदलयात्री महिलालाई बाटो क्रस गर्ने क्रममा ठक्कर दिँदा दुर्घटना भएको उनले बताए। 

सम्बन्धित समाचार