२०८३ जेष्ठ १० गते , आईतबार

मेची बहुमुखी क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त

sajilo news
झापा
२०८१ पौष २९ गते , सोमबार
मेची बहुमुखी क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त

मेची बहुमुखी क्याम्पस भद्रपुरको क्याम्पस प्रमुखमा देवीप्रसाद आचार्य नियुक्त भएका छन् । मेची बहुमुखी क्याम्पसका सहप्राध्यापक आचार्यलाई ४ वर्षे कार्यकालका लागि त्रिभुवन विश्वविद्यालयले क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

स्वायत्तता प्राप्त क्याम्पसहरूमा त्रिविको रेक्टर कार्यालयले प्रत्यक्ष नियुक्ति नगरेर क्याम्पसमा गठन भएको सर्च कमिटीको सिफारिसमा प्रमुख नियुक्त गर्ने प्रावधान छ। सर्च कमिटीले पनि त्रिभुवन विश्वविद्यालयको सावधिक पदमा नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम २०८१’ अनुसार सिफारिस गर्छ । सोही आधारमा मेची क्याम्पस व्यवस्थापन समितिले गठन गरेको सर्च कमिटीले निवर्तमान क्याम्पस प्रमुख जीवनकुमार पोखरेल, देवीप्रसाद आचार्य र भानुकुमार भट्टराईलाई सिफारिस गरेको थियो। नव नियुक्त आचार्य र निवर्तमान क्याम्पस प्रमुख पोखरेल उपप्राध्यापक हुन भने सिफारिस भएका अर्का भट्टराई सह प्राध्यापक हुन ।

सर्च कमिटीको सिफारिस सहित स्वायत्त प्रदान गरिएका क्याम्पसमा प्रमुख नियुक्त गर्ने विनियमको मापदण्डको आधारमा आचार्यलाई नियुक्त गरिएको क्याम्पस स्रोतले जनाएको छ। क्याम्पस स्रोतका अनुसार यद्यपि, यो समाचार तयार पार्दासम्म मेची बहुमुखी क्याम्पसमा त्रिविबाट आधिकारिक नियुक्ति पत्र भने आएको छैन।

यस अघिका क्याम्पस प्रमुख जीवनकुमार पोखरेलको ४ वर्षे कार्यकाल २०८० चैत्र २५ गते समाप्त भएको थियो । नयाँ नेतृत्व नियुक्त हुनु पूर्व अर्को व्यवस्था नभएसम्म क्याम्पसको व्यवस्थापकीय र प्रशासनिक जिम्मेवारी पुरा गर्ने पोखरेललाई नै जिम्मेवारी प्रदान गरिएको थियो । उनले झन्डै १० महिना थप नेतृत्व सम्हाले ।

सम्बन्धित समाचार