२०८३ असार ५ गते , शुक्रबार
भुस्याहा कुकुरको टोकाईबाट इलाममा पाँचजना घाइते
इलाममा भुस्याहा कुकुरको टोकाईबाट पाँच जना घाइते भएका छन् । शनिबार बिहान ९ः३० बजे इलाम नगरपालिका ९ गोलाखर्कमा छाडा छोडिएको भुस्याहा कुकुरले भन्ज्याङ बस्ने ७९ वर्षीया मनमाया विष्ट , ३७ वर्षीया निर्मला रसाइली , ६० वर्षीया सोमबहादुर बस्नेत , पुवाजुङ बस्ने ७९ वर्षीय सन्तमान तामाङ र गोलाखर्क बस्ने २४ वर्षीया अलिसा लिम्बूलाई टोकेर घाइते बनाएको हो ।
घाइतेहरूलाई उपचारका लागि जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ । घाइतेमध्ये निर्मला रसाइली र सोमबहादुर बस्नेतलाई थप उपचारको लागि कनकाई अस्पताल बिर्तामोड रेफर गरिएको छ ।
प्रहरी चौकी गोलाखर्कबाट प्रहरी सहायक निरीक्षक नगेन्द्र बुढाथोकीको कमान्डमा दुई जनाको टोली खटिएर उक्त कुकुरलाई नियन्त्रणमा लिएको इलाम प्रहरीले जनाएको छ ।ध