रेडक्रस भद्रपुर उपशाखाको सभापतिमा केदार महत निर्वाचित
भद्रपुर । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाको सभापतिमा २५३ मतका साथ केदार महत विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ८०० मतदाता रहेको भद्रपुर रेडक्रसमा ४४१ मत खस्दा अर्का प्रत्याशी योगेन्द्र पौडेललाई १६८ मतमा रोक्दै महत विजयी भएका हुन् ।
यस्तै सचिवमा रमेश भण्डारी २३२ मतका साथ विजयी भए भने निकटतम प्रतिस्पर्धी गणेश गिरीले १९० मतमा सीमित हुनु परेको छ । उपसचिवमा प्रमीला कोइराला २२४ मतका साथ विजयी भइन् भने प्रतिस्पर्धी तोर्णविक्रम कार्कीले १९३ मत पाएका छन् ।
त्यसैगरी खुल्ला ४ सदस्य पदमा रमला बराल २६५, विकास कोइराला २२९, मित्र अधिकारी २१२, नूतन पौडेल १९१ मतका साथ विजयी भएको निर्वाचन समितिले जनाएको छ । उपशाखाको महिला उपसभापतिमा कौसल्या अधिकारी, उपकोषाध्यक्षमा देवेन्द्र पोखरेल र महिला सदस्यमा अनिता अधिकारी कार्की यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।
