२०८३ बैशाख २३ गते , बुधबार

व्यवसायी धम्काउने दुर्गा प्रसाईं ३ लाख धरौटीमा रिहा

sajilo news
झापा
२०८१ पौष २६ गते , शुक्रबार
व्यवसायी धम्काउने दुर्गा प्रसाईं ३ लाख धरौटीमा रिहा

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँ र उनका सहयोगी हरिचन्द्र फुयाँल धरौटीमा रिहा भएका छन्।  नेपाल राष्ट्र बैङ्कका उच्च अधिकृतहरू र व्यवसायीहरूलाई धम्की दिएको आरोपमा पक्राउ परेका प्रसाईँ र फुयाँल धरौटीमा रिहा भएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। 

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले दुवै जनालाई जनही ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। 

अदालतको आदेशपछि दुवै जना धरौटी बुझाएर रिहा भएका हुन्। प्रसाईँसहित तीनजनाविरुद्ध आपराधिक लाभ र सङ्गठित कसुरको मुद्दा दायर भएको थियो।

सम्बन्धित समाचार