२०८३ असार ५ गते , शुक्रबार

आजकाे माैसम : तराई-मधेशमा हुस्सु र कुहिरो

sajilo news
झापा
२०८१ पौष २५ गते , विहीबार
आजकाे माैसम : तराई-मधेशमा हुस्सु र कुहिरो

तराई-मधेशमा अहिले हुस्सु र कुहिरो लागेको छ। पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भूभागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको जल तथामौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

बिहान लागेको हस्सु दिउँसो केही मात्रामा घट्ने महाशाखाले बताएको छ। मौसम शुक्रबार थप सुधार हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन्।  शनिवारदेखि भने पुनः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव बढ्ने सम्भावना रहेको उनले बताइन्। 

पछिल्लो केही दिनयता बढेको काठमाडौं उपत्यकाको न्यूनतम बिहीबार घटेको छ। बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस मापन भएको छ। 

सम्बन्धित समाचार