२०८३ असार ५ गते , शुक्रबार

आमासँगै रहेका दिदी-बहिनी घरमै मृत भेटिए

sajilo news
झापा
२०८१ पौष २४ गते , बुधबार
आमासँगै रहेका दिदी-बहिनी घरमै मृत भेटिए

सल्यानमा आज बिहान आमासँगै रहेका दिदीबहिनी घरमै मृत भेटिएका छन्। जिल्लाको वनगाड कुपिण्डे नगरपालिका-११ सिस्नेपातलका टेकमान राना र पूर्णिमा रानाका छोरी ३ वर्षीया करिष्मा र ६ महिनाकी राघवी मृत भेटिएका हुन्। 

आमा भने घरमै रहेको भेटिएकाले घटना शंकास्पद देखिएको र अनुसन्धान भइरहेको सल्यानका प्रहरी निरीक्षक बाबुराम बस्नेतले थाहाखबरलाई जानकारी दिए। कारण भने खुलिसकेको छैन। बालिकाका बुबा टेकमान भने रोजगारीका सिलसिलामा नुवाकोट रहेका छन् । 

सम्बन्धित समाचार