२०८३ असार ५ गते , शुक्रबार
बिर्तामोडमा नवजात शिशु मृत भेटिए
झापाको बिर्तामोडमा नवजात शिशु मृत फेला परेको छ । बिर्तामोड-५ को जात्रुवारीमा गर्भमा अन्दाजी ३/४ महिनाको जस्तो देखिने नवजात शिशु बेवारिसे अवस्था घोप्टो परी मृत फेला परेको हो ।
आज दिउँसो अन्दाजी २.३० बजे जात्रुबारीको घुमाउरो टोलस्थित सडकको छेउमा नवजात शिशु फेला परेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए ।त्यसबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए । करिब एक महिनाअघि पनि त्यस ठाउँमा त्यस्तै नवजात शिशुको शव फेला परेको थियो ।