२०८३ असार ५ गते , शुक्रबार

बिर्तामोड–भद्रपुर सडक : पानी हाल्ने सहमतिपछि गरामनीको अवरुद्ध सडक खुल्यो

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
बिर्तामोड–भद्रपुर सडक : पानी हाल्ने सहमतिपछि गरामनीको अवरुद्ध सडक खुल्यो

झापाको बिर्तामोड–भद्रपुर निर्माणाधीन सडक खण्ड अन्तरगत गरामनि चोकमा दिनभरिको अवरोधपछि साँझपख सडक खुलेको छ । सडक ठेक्का लिने निर्माण व्यवसायीसँग सहमति भएपछि गरामनिका उपभोक्ताहरूले अवरोध हटाएका हुन् ।

निर्माण व्यवसायी केदार गिरीले सो सडक खण्डमा धुलो उडेकाले धुलो नियन्त्रणका लागि पाँचदिन पानी हाल्ने सहमति भएको छ । त्यस्तै बजेटको अभावमा निर्माण व्यवसायीले काम गर्न नसकेको अवस्थामा त्यसका लागि सभामुख देवराज घिमिरेसमक्ष ज्ञापनपत्र बुझाउँदै अलपत्र सडक पुनर्निर्माणका लागि पहल गर्न अनुरोध गर्ने सहमतिसमेत भएको छ ।

सडक लथालिङ्ग अवस्थामा छोडी सडकमा पूर्णरुपमा धुलो धुवाँ उडेका कारण गरामनि क्षेत्रका आम उपभोक्ताहरूको स्वास्थ्यमा समस्या भएपछि उनीहरूले मध्यान्हदेखि सडक अवरुद्ध पारेका थिए । जनप्रतिनिधिहरू बिर्तामोड ७ का अविरल कृष्ण खरेल , ८ का अजय कार्की , ९ का हरिप्रसाद चम्लागाँई , उपभोक्ताका तर्फबाट हरिकुमार पाण्डे , राजकुमार सङ्ग्रौला , अनिल गौतम , किशोर भट्टराईलगायतको रोहवरमा निर्माण व्यवसायी गिरीले सम्झौता गरेका हुन् ।

उपभोक्ताहरूले सडकमा फलामको बिजुलीको पोल राखी बिर्तामोड–भद्रपुर सडक खण्ड अवरुद्ध पारेका थिए । सवारीसाधनहरूले भने वैकल्पिक सडकबाट आवतजावत गरेका थिए ।

सम्बन्धित समाचार