२०८३ असार ५ गते , शुक्रबार

तिब्बत भूकम्प : नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
तिब्बत भूकम्प : नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

चीनको स्वशासित क्षेत्र तिब्बतमा आज बिहान गएको ७ रेक्टर स्केलको भूकम्पका कारण अहिलेसम्म नेपालमा १३ जना घाइते भएका छन्।नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले अहिलेसम्म १३ जना घाइते भएका र २ घर पूर्ण, १ आंशिक र ११ घरमा सामान्य क्षति भएको जानकारी दिए। प्रहरीले भुकम्पका कारण काठमाडौँमा १, बारामा ११ र काभ्रेमा १ जना घाइते भएका जानकारी दिएको हो।

उनका अनुसार विवरण भने आउने क्रम जारी नै छ। यता ओखल्ढुङ्गामा १ घर पूर्ण र २ घरमा सामान्य तथा संखुवासभामा १ घरमा सामान्य क्षति भएको छ। यस्तै सोलुखुम्बुमा १ पूर्ण र एक आंशिक तथा ३ घरमा सामान्य क्षति भएको छ। ताप्लेजुङमा ३, सिन्धुपाल्चोक र रामेछापमा १/१ घरमा सामान्य क्षति भएको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचार