२०८३ असार ५ गते , शुक्रबार

निचाझोडा सिमसार क्षेत्र विकास गर्न लायक छ : मन्त्री शाही

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
निचाझोडा सिमसार क्षेत्र विकास गर्न लायक छ : मन्त्री शाही

चारआली । संघीय वन तथा वातावरण मन्त्री एनबहादुर शाही  (ठाकुरी)ले  निचाझोडा सिमसार पर्याय-पर्यटन क्षेत्रलाई पूर्वको नमुनाको रुपमा विकास गर्न लायक हुने बताएका छन् ।
निर्माणाधीन अवस्थामा रहेको निचाझोडा सिमसार स्थलमा मंगलबार अवलोकनपछि संघीय वन तथा वातावरण मन्त्री शाहीले त्यहाँको भौगोलिक बनावटको अवस्था हेर्दा नमुनाको रुपमा विकास गर्न लायक भएको बताएका हुन् ।
मन्त्रीको शपथ खाएपछि पहिलो पटक झापामा आएका मन्त्री शाही पाउँ पाथीभरा मन्दिरपछि निचाझोडा सिमसार स्थलमा पुगेका हुन् । समयको व्यस्ततामै पनि सुख्खा मौसममा पनि नसुकेको सिमसारमा पानीको अवस्था र सामुदायिक वनको मध्य भाग अवस्थित रहेकाले पनि पर्यटकको आकर्षकको रुपमा विकास आवश्यक महसुस गरेको बताए ।
उनले संघीय सरकारले आउने बजेटमा यसको विकासका लागि समावेश गरेर जाने बताएका थिए । मन्त्री शाहीसँग कोशी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डललाई संघीय सांसद विश्वप्रकाश शर्माले निचाझोडा क्षेत्रमा लोपोन्मुख चराको हब रहेको जानकारी गराएका थिए ।
त्यस्तै हातेमालो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रप्रसाद सिग्देल र यमाकन्त  प्याकुरेलले सामुदायिक वन तथा निर्माणाधीन अवस्थाको जानकारी गराउँदै थप विकासका लागि  बजेट आवश्यक रहेकोसमेत संघीय वन तथा वातावरण मन्त्री महतोलाई ध्यानाकर्षण गराएका थिए ।
सो अवसरमा कोशी प्रदेशका पर्यटन तथा वातावरण मन्त्री सदानन्द मण्डलले निचाझोडाको विकासमा आवश्यक बजेटका लागि समितिलाई प्रस्ताव लिएर प्रदेश मन्त्रालयमा आउन आग्रह गरेका थिए । अवलोकनमा डिभिजन वन कार्यालयका प्रमुख मेघराज राई, नेपाली काङ्ग्रेसका जिल्ला सभापति देउमान थेबे, क्षेत्रीय सभापति इन्द्रबहादुर बुढाथोकी, वनका कर्मचारीहरू सामुदायिक वनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

 

सम्बन्धित समाचार