२०८३ असार ५ गते , शुक्रबार

निर्माण व्यवसायी संघ झापाको चुनाव हुँदै, अध्यक्षमा सिंह र अधिकारी भिड्दै

sajilo news
झापा
२०८१ पौष २३ गते , मंगलबार
निर्माण व्यवसायी संघ झापाको चुनाव हुँदै, अध्यक्षमा सिंह र अधिकारी भिड्दै

निर्माण व्यवसायी संघ झापाको १६ औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन हुँदैछ । हिजो मनोनयन दर्ताका दिन धेरै पदहरूमा सर्वसम्मत भइसकेको छ । मुख्य अध्यक्ष पदका लागि आज निर्वाचन हुन लागेको हो । अध्यक्ष पदका लागि इन्जिनियर प्रकाशकुमार सिंह र रमेश अधिकारीले उम्मेदवारी दिएका छन् ।

संघको प्रथम उपाध्यक्षमा केदार गिरी , द्वितीय उपाध्यक्षमा राजकुमार राई , तृतीय उपाध्यक्षमा नयन बराल , महासचिवमा पुष्पराज निरौला , सचिवमा लोकेन्द्र श्रेष्ठ , कोषाध्यक्षमा यज्ञनिधि भुर्तेल र महिला सदस्यमा कमला थाम्सुहाङ निर्विरोध भएका छन् । बाँकी अध्यक्ष , सह कोषाध्यक्ष र १० सदस्य पदका लागि निर्वाचन हुन लागेको हो ।

सह कोषाध्यक्षमा एंगल गुरुङ, सुरेश भट्टराई र सुरेन्द्र धिमालले उम्मेदवारी दिएका छन् । त्यस्तै १० वटा सदस्य पदका लागि १५ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारी दिनेहरूमा मनोज उप्रेती , हेडम्बरराज निरौला , अजयकुमार देव , रमेश भण्डारी , गङ्गाप्रसाद गौतम , रोशन कार्की , प्रवीण कटुवाल , ज्ञानबहादुर तामाङ, इन्जिनियर विवेक जवेगू, भरत भट्टराई , दिनेश मैनाली , उद्धव कुँवर , गोविन्दप्रसाद घिमिरे, आशिष् बान्तवा र इन्जिनियर डालिम खड्का रहेका छन् । निर्माण व्यवसायी संघ झापामा ३७४ जना सदस्य रहेको निर्वाचन समितिका संयोजक गोपाल थापाले बताए ।

सम्बन्धित समाचार