२०८३ असार ५ गते , शुक्रबार

क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा बाधिए

sajilo news
झापा
२०८१ पौष २० गते , शनिबार
क्रिकेटर आरिफ र आशिफ विवाह बन्धनमा बाधिए

नेपाली राष्ट्रिय क्रिकेटरद्वय आरिफ शेख र आशिफ शेख विवाह बन्धनमा बाँधिएका छन् । वीरगन्जका शेख दाजुभाइले बिहीबार र शुक्रबार विवाह गरेका हुन् । २७ वर्षीय आरिफले बिहीबार स्थानीय सवाना खातुनसँग र २३ वर्षीय आसिफले शुक्रबार वीरगन्जकी आरजु अन्सारीसँग लगनगाँठो कसेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर आसिफ शेख पनि वैवाहिक बन्धनमा बाँधिएका छन् । आरिफ र आसिफ दुवैले मागी विवाह गरेका हुन् । आरिफ राष्ट्रिय टोलीका अलराउन्डर हुन भने आशिफ विकेट किपर तथा ओपनर ब्याट्सम्यान हुन ।

आशिफ हालै काठमाडौँमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) विजेता जनकपुर बोल्ट्सका मार्की खेलाडी समेत थिए । यस्तै दाजु आरिफ एनपिएल उपविजेता टोली सुदूरपश्चिम रोयल्सका महत्त्वपूर्ण खेलाडी थिए । 

सम्बन्धित समाचार