२०८३ असार ५ गते , शुक्रबार

काफ्ले समाज भद्रपुर नगर समिति गठन

sajilo news
झापा
२०८१ पौष २० गते , शनिबार
काफ्ले समाज भद्रपुर नगर समिति गठन

भद्रपुर । बन्धुहितलगायत सामाजिक सेवा कार्यमा समर्पित रहने उद्देश्यका साथ स्थापित काफ्ले समाजको भद्रपुर नगर समिति गठन भएको छ । भद्रपुर-१० स्थित विष्णु पाञ्चायन मन्दिर परिसरमा शनिबार आयोजित भद्रपुर नगरस्तरीय भेलाले कृष्णप्रसाद काफ्लेको अध्यक्षतामा समिति गठन गरेको हो । 

सर्वसम्मत गठित समितिको उपाध्यक्षमा लीला कार्की काफ्ले, सचिवमा थिरराज काफ्ले, सहसचिव जगदीश काफ्ले, कोषाध्यक्ष सरोज काफ्ले चयन भएका छन् भने सदस्यमा मीनबहादुर काफ्ले, गंगा बराल काफ्ले, अर्जुन काफ्ले, कृष्णप्रसाद काफ्ले र रोमनाथ काफ्ले रहेका छन् ।

काफ्ले समाज झापाका सदस्य तथा भेला आयोजक समितिका संयोजक हेमराज काफ्लेको अध्यक्षता, काफ्लेबन्धुका वयोवृद्ध १०२ वर्षीय मानबहादुर काफ्लेको प्रमुख आतिथ्यमा आयोजित भेलाको सहजीकरण गरेका काफ्ले समाज झापाका अध्यक्ष गोपाल काफ्लेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै जिल्ला समितिले काफ्ले बन्धुहरूको सहज पहिचानका लागि काफ्ले जनगणना सुरु गरेको र सोहीअनुसार भद्रपुरमा जनगणनालाई तीव्रता दिन आग्रह गरे ।

काफ्ले समाज झापाका पूर्व कार्यसमिति सदस्य विष्णुप्रसाद काफ्लेले स्वागत गरेको समारोहको सञ्चालन काफ्ले समाज झापाका सहसचिव रोहित काफ्लेले गरेका थिए ।

सम्बन्धित समाचार