२०८३ असार ५ गते , शुक्रबार

होटेलमा मृत भेटिएकी सुस्मितासँग बसेका युवक पनि मृत फेला

sajilo news
काठमाडौं
२०८१ पौष २० गते , शनिबार
होटेलमा मृत भेटिएकी सुस्मितासँग बसेका युवक पनि मृत फेला

काठमाडौँको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार युवक पनि झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । ओखलढुङ्गाका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेको ओखलढुङ्गा प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो उनी ओखलढुङ्गाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । गत बुधबार उक्त होटेलको ३०८ नम्बरको कोठामा २१ वर्षीय खड्का मृत भेटिएकी थिइन् ।

सुस्मिताको हत्या गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले निष्कर्ष निकालेको छ भने सँगै होटेलमा बसेका भनिएका देवबहादुर त्यस दिनयता फरार थिए । उनी आज झुन्डिएको अवस्थामा फेला परेका हुन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुङ्गाका थापा पनि सुस्मिता सँग सोही होटेलमा बस्न पुगेको खुलेको थियो । सुस्मितासँगै बसेका भनिएका देवबहादुर होटेलको कोठाको ढोकाबाहिर चाबी लगाएर भागेका थिए । सुस्मिता मृत्युको कारण खुलिसकेको छैन । पोस्टमार्टम रिपोर्ट नआउँदा मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

 

सम्बन्धित समाचार