२०८३ असार ५ गते , शुक्रबार

भद्रपुरमा आप्रवासी कामदार हकहित संरक्षणसम्बन्धी अभिमुखीकरण

sajilo news
झापा
२०८१ पौष १९ गते , शुक्रबार
भद्रपुरमा आप्रवासी कामदार हकहित संरक्षणसम्बन्धी अभिमुखीकरण

भद्रपुर । वैदेशिक रोजगारीबाट फर्किएका तथा परिवारका सदस्यहरूलाई आप्रवासी कामदार हकहित संरक्षण अभिमुखीकरण दिइएको छ । आप्रवासी कामदार हकहित संरक्षण केन्द्र भद्रपुर नगर समितिले साबिक पृथ्वीनगर गाविस हाल भद्रपुर नगरपालिका-२ का ५० जनाभन्दा बढीलाई अभिमुखीकरण दिइएको हो ।

भद्रपुर- २ स्थित राधाकृष्ण मन्दिरमा आयोजना गरिएको कार्यक्रममा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम संयोजक शेखर बुढाथोकीले विदेशमा गएपछि परिवारका सदस्यहरूले जानुपर्ने कानुनी प्रावधान र ध्यान दिनुपर्ने विषयहरूमा जानकारी गराएका थिए । उनले रोजगारीमा जानेहरूको समस्या, अशिक्षा, सीपको कमी, भाषाको समस्या, कानुनको ज्ञान नभएको, देखासिकी गर्ने बानी, पारिवारिक मनमुटाब र ठगीबाट बच्न अपनाउनु पर्ने कानुनीका बारेमा पनि सहभागीहरूलाई जानकारी गराएका थिए ।

संरक्षण केन्द्र नगरका अध्यक्ष चन्द्रकुमार गिरीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि २ नम्बर वडाध्यक्ष राम कँडेलले सुरक्षित वैदेशिक रोजगारी जानू अघि परिवारका सदस्यले पनि कानुनी प्रावधानको बारेमा जान्नुमा जोड दिए । वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरू बढिरहेको बताउँदै उनले भने, 'भद्रपुर नगरपालिकामा उजुरीहरू परिरहेका छन्, त्यसले समस्या निम्त्याएको छ ।' विदेशमा पुगेर समस्या ल्याउनु भन्दा पहिला नै सचेत हुनुपर्ने उनको भनाई छ ।  संरक्षण केन्द्रका कोषाध्यक्ष आशा कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव अन्टु घोषले गरेका थिए । 

सम्बन्धित समाचार