२०८३ बैशाख २३ गते , बुधबार
मोटरसाइकल चोर्ने दुईजना समातिए
विराटनगर महानगरपालिका- ४ स्थित नोबेल शिक्षण अस्पतालबाट मोटरसाइकल चोरी घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १८ गते राती ८ बजे अस्पतालमा पार्किङ गरी राखेको को २३ प ६१७६ र प्रदेश १-०२-०४४ प १९ नम्बरको मोटरसाइकलको लक फुटाएर चोरी गर्दै गरेको अवस्थामा विराटनगर-३ का १८ वर्षीय निकपाल यादव र १८ वर्षीय जितेन्द्र यादव पक्राउ परेका हुन् । उनीहरूलाई अस्पतालमा खटिएको कर्मचारीले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । चोरीमा संलग्न रहेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर थप अनुसन्धान भई रहेको छ ।