२०८३ बैशाख २३ गते , बुधबार

झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

sajilo news
झापा
२०८१ पौष १७ गते , बुधबार
झापामा किशोरीलाई बलात्कार गरेको आरोपमा भारतीय नागरिक पक्राउ

झापामा १८ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। मेचीनगर नगरपालिका–१५, ज्यामिरगढीमा डेरा गरी बस्दै आएका पश्चिम बङ्गाल, हाँसीमाराका ३५ वर्षीय कुमार तामाङलाई प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय धुलाबारीका अनुसार, ती किशोरीमाथि शुक्रबार साँझ बलात्कार भएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो। घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।

सम्बन्धित समाचार