२०८३ असार ५ गते , शुक्रबार

इलाममा चुलोबाट आगो सल्किदा दुई घर जलेर नष्ट

sajilo news
इलाम
२०८१ पौष १७ गते , बुधबार
इलाममा चुलोबाट आगो सल्किदा दुई घर जलेर नष्ट

इलाममा चुलोबाट आगो सल्किदा दुई घर जलेर नष्ट भएको छ । आज बिहानको राति २ बजे इलाम देउमाई नगरपालिका वडा नं–५ आङदाङ खोला खेतमा बस्ने भेषराज अधिकारीको घरभन्दा एक घण्टा पैदल दूरीमा रहेको टिनको छानो,काठको बेरा भएको एकतले बाख्रा गोठमा खोले पकाउनको लागि बनाएको चुलोबाट आगलागी भएको थियो ।

आगलागीबाट गोठ जलेर नष्ट हुनुका साथै गोठमा बाँधेको २२ वटा खसीबाख्रामध्ये २ वटा बाख्रा र १३ वटा खसी जलेर मरेका छन् । दुईवटा खसी र बाख्राको ५ वटा पाठी सकुशल रहेको र आगलागीबाट तीन लाख एकतीस हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

त्यस्तै गएराति ८ः३५ बजे इलाम सूर्योदय नगरपालिका १४ भुतेनी बस्ने वीरबहादुर योङहाङको ढुङ्गा माटोले बनेको एकतले घरमा पनि चुलोबाट आगलागी भएको छ । आगलागीबाट घरमा रहेको अनपात, लत्ताकपडा, भाँडाबर्तन गरी अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको जनाइएको छ ।

सम्बन्धित समाचार