२०८३ असार ५ गते , शुक्रबार

बसले थिच्दा सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

sajilo news
झापा
२०८१ पौष १७ गते , बुधबार
बसले थिच्दा सशस्त्र प्रहरीका इन्स्पेक्टरको मृत्यु

सर्लाहीमा बस अनियन्त्रित भई पल्टिँदा सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) को मृत्यु भएको छ। गएराति पौने ९ बजेतिर बलरा नगरपालिका-९ स्थित बीओपी छतौनाको गेट अगाडि बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रजोश घिमिरेले जानकारी दिए। 

छतौनाबाट काठमाडौंआउँदै गरेको बागमती प्रदेश ०१-००६ ख २००४ नम्बरको राजदेवी यातायातको बस अनियन्त्रित भई पल्टिएर तुलाधरलाई थिचेको हो। बसले थिच्दा गम्भीर घाइते भएका तुलाधरलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो। चिकित्सकले उनलाई राति १० बजे मृत घोषणा गरेको प्रहरी निरीक्षक घिमिरेले बताए। बसमा सवार यात्रुको अवस्था भने सामान्य रहेको प्रहरीले बताएको छ।

सम्बन्धित समाचार