२०८३ असार ५ गते , शुक्रबार

मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

sajilo news
मोरङ
२०८१ पौष १६ गते , मंगलबार
मोरङको सुन्दरहरैँचामा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

उर्लाबारी ।  मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ। सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल गएकी थिइन्।  साँझसम्म घर नआएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए। 

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक कृष्ण खत्रीले लिम्बूको शव उठाएर पोस्टमार्टमका लागि अस्पताल पठाइएको बताए। यस अघि पुस ५ गते सोही नगरपालिकाको–७ कि ४० वर्षीय गङ्गामाया मगर (श्रेष्ठ) को हात्तीको आक्रमणबाट मृत्यु भएको थियो। 

सम्बन्धित समाचार