२०८१ माघ २७ गते , आईतबार

प्रचण्डले ओलीकै निर्वाचन क्षेत्रमा पुगेर ओलीलाई गाली गरेपछि....

sajilo news
झापा
२०८१ पौष १६ गते , मंगलबार
प्रचण्डले ओलीकै निर्वाचन क्षेत्रमा पुगेर ओलीलाई गाली गरेपछि....

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा आएर तुच्छ गाली गरेपछि एमाले कार्यकर्ताहरू आक्रोशित भएका छन् ।

हिजो ओलीको निर्वाचन क्षेत्र झापा-५ को गौरीगञ्ज गाउँपालिका-३ मा आयोजित पार्टीको दोस्रो गाउँ सम्मेलनलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रधानमन्त्री ओलीलाई देशकै सबैभन्दा ‘जाली, झेली, कपटी, र बेइमानी’ व्यक्ति भएको बताएका थिए । त्यस किसिमको गाली बेइज्जतीसँगै प्रचण्डले ओलीको विरुद्धमा अन्य नानाभाती कुरा सम्बोधनका क्रममा भनेका थिए । साथै प्रचण्डले ओलीको संलग्नता रहेको आरोप लगाउँदै गिरीबन्धु टी इस्टेट , ओम्नी , वाइडबडीजस्ता प्रकरणको पर्दाफास गरेरै छाड्ने चेतावनी दिएका थिए ।

प्रचण्डको त्यस्तो अभिव्यक्तिप्रति एमाले नेता कार्यकर्ताहरू आक्रोशित भएका हुन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै यस्तो आक्रोश व्यक्त गरेका छन्, ‘झुट,बदनियतपूर्ण र अशोभनीय अभिव्यक्ति के सत्ता च्युत भएपछिको अराजनीतिक अभिव्यक्ति मात्रै हो ?त्यति मात्रै त हुँदै होइन , अशोभनीय र असन्तुलित त हुँदै हो !!तर मानसिक असन्तुलन चैँ नहोस् भन्ने हार्दिक शुभकामना छ !!!’

त्यस्तै बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्र सङ्ग्रौलाले प्रचण्डको अब तालुमा आलु पाक्ने भयो भनेर प्रतिक्रिया दिएका छन् । त्यस्तै गौरीगञ्ज गाउँपालिकाकी उपाध्यक्ष पूजन न्यौपाने कुँवरले खरो प्रतिक्रिया दिएकी छन् । उनले प्रचण्डले बोलेजस्तै ‘पापी ,अपराधी तिमी हौँ प्रचण्ड ,तिम्रो कहिल्यै भलो नहोस् ’ भनेर सामाजिक सञ्जालमा लेखेकी छन् ।

सम्बन्धित समाचार