२०८३ असार ५ गते , शुक्रबार
साथी संस्थाको पहलमा अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चेयर र कम्बल वितरण
भद्रपुर । भद्रपुरमा शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वील चेयर र कम्बल वितरण गरिएको छ । साथी सुखमा पनि दुःखमा पनि भन्ने संस्थाको पहलमा भद्रपुरका उद्योगी ब्रह्मदेव साहेवाला परिवारले झापाका विभिन्न क्षेत्रमा बसोबास गर्ने ५० जना अपाङ्गता भएका व्यक्तिलाई ह्वील चेयर र कम्बल वितरण गरेका हुन् ।
सोमबार संक्षिप्त कार्यक्रमका बीच भद्रपुर- ६ स्थित साहेवालाको घरमा आयोजना गरिएको कार्यक्रममा उनीहरूलाई सो सामग्री वितरण गरिएको संस्थाका अभिषेक बर्मनले जानकारी दिए । कार्यक्रममा उपस्थित हुन नसकेकाहरूलाई उनीहरूको घरमै पुगेर सामग्री दिएको उनको भनाई छ । कार्यक्रममा संस्थाका पदाधिकारी, जनप्रतिनिधि लगायत साहेवाला परिवारजनको सहभागिता रहेको थियो ।