२०८३ असार ५ गते , शुक्रबार

ब्लेडले आफ्नै घाँटी रेटेर इलाममा एक महिलाले गरिन् आत्महत्या

sajilo news
इलाम
२०८१ पौष १४ गते , आईतबार
ब्लेडले आफ्नै घाँटी रेटेर इलाममा एक महिलाले गरिन् आत्महत्या

इलाममा ब्लेडले आफ्नै घाँटी रेटेर एक महिलाले आत्महत्या गरेकी छन् । आइतबार बिहान ११ बजे इलाम माई नगरपालिका-२ डाँडागाउँ बस्ने शेरबहादुर लिम्बूकी श्रीमती अन्दाजी ४६ वर्षीया गोमा लिम्बूले ब्लेडले आफ्नै घाँटी रेटेर हत्या गरेकी हुन् ।

घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी गर्दागर्दै घरमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उनले आत्महत्या गर्नुको कारण खुलिसकेको छैन । उनी जन्डिसको बिरामी भएको भन्ने बुझिएको छ ।

दिउँसो ३ः५० बजे प्रहरी चौकी दानावारिमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटिएर आवश्यक कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको इलाम प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार