२०८२ बैशाख १३ गते , शनिबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउँदै

sajilo news
झापा
२०८१ पौष १३ गते , शनिबार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड झापा आउँदै

पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) पुस १५ गते झापाको गौरीगञ्ज आउने भएका छन् ।नेकपा माओवादी केन्द्र गौरीगञ्जको दोस्रो गाउँ अधिवेशन उद्घाटन गर्न प्रचण्ड सोमबार आउन लागेका हुन् ।

यसअघि उनी गत भदौ २९ गते झापा आएका थिए । गौरीगञ्जमा गाउँ अधिवेशनसँगै पार्टी प्रवेश कार्यक्रम रहेको पार्टी नेता राजु आचार्य अग्निले जानकारी दिएका छन् । कार्यक्रम गौरीगञ्जको अतिथि सदनमा हुने भएको छ ।

सम्बन्धित समाचार