२०८३ असार ५ गते , शुक्रबार

राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : भद्रपुरमा ५३ जनालाई सम्मान

sajilo news
रेवतीराज घिमिरे
२०८१ पौष ११ गते , विहीबार
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : भद्रपुरमा ५३ जनालाई सम्मान

भद्रपुर । झापाको भद्रपुरमा चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ५३ जनालाई सम्मान गरिएको छ। जिल्ला समन्वय समितिको सभा हलमा बिहीबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाभित्रका १० वटै वडाका एक एक जना असल स्याहारकर्ता गरी १० जना र ६० वर्षदेखि ७० वर्ष सम्मका ४३ जना अपाङ्ग ज्येष्ठसहित ५३ जनालाई सम्मान गरिएको हो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगर प्रमुख गणेश पोखरेल, ज्येष्ठ नागरिक नगर समन्वय समितिका अध्यक्ष  हेमप्रसाद खनाल लगायतले असल स्याहार कर्ताहरूलाई पानी तताउने विद्युतीय जगसहित  प्रशंसा पत्रले सम्मान गरेका थिए । त्यस्तै ४३ जना ज्येष्ठ अपाङ्गता भएका ज्येष्ठ नागरिकहरूलाई न्यानो सिरक प्रदान गरिएको थियो । 

नगरपालिकाको सामाजिक शाखाको आर्थिक सहयोग तथा ज्येष्ठ नागरिक नगर समन्वय समिति भद्रपुरको आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख पोखरेलले नगरपालिकाले अपाङ्ग तथा ज्येष्ठ नागरिकको, क्षेत्रमा विभिन्न कार्य योजनाहरू ल्याएको बताउँदै केन्द्रीय तथा प्रादेशिक सरकारले स्थानीय सरकार सँग समन्वयन गरी थप कार्य योजना ल्याउनु पर्नेमा जोड दिएका छन्। 

कार्यक्रममा उपप्रमुख राधा कार्की,  प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, समन्वय समिति झापाका उपाध्यक्ष सूर्यनारायण गणेश, भद्रपुर २ का वडा अध्यक्ष राम कँडेल लगायतले मन्तव्य राखेका थिए ।  समितिका अध्यक्ष हेमप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष परमानन्द मिश्रले र  सञ्चालन सचिव ईश्वर पोखरेलले गरेका थिए । 

सम्बन्धित समाचार