२०८३ असार ५ गते , शुक्रबार

झापा बुद्धशान्तिका निवर्तमान वडाध्यक्षले गरे आत्महत्या

sajilo news
झापा
२०८१ पौष ११ गते , विहीबार
झापा बुद्धशान्तिका निवर्तमान वडाध्यक्षले गरे आत्महत्या

झापा बुद्धशान्ति गाउँपालिकाका वडा नम्बर ५ का निवर्तमान वडा अध्यक्ष वासुदेव खतिवडाले झुन्डिएर आत्महत्या गरेका छन् । आज बिहान करिब ५ बजे घरदेखि ५० मिटर टाढा किम्बुको रुखमा झुन्डिएर ६५ वर्षीय खतिवडाले आत्महत्या गरेका हुन् ।

उनले आत्महत्या गर्नुपर्ने कारण नखुलिसकेको प्रहरीले जनाएको छ ।उनी २०७४ सालमा नेपाली काँग्रेसका तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यसअघि २०४८ सालमा पनि उनी साबिक शान्तिनगर गाविस वडा नं ३ मा वडाध्यक्ष निर्वाचित भएका थिए ।

सम्बन्धित समाचार