२०८३ असार ५ गते , शुक्रबार

दुई जनाको लडेर मृत्यु, एक घाइते

sajilo news
झापा
२०८१ पौष ११ गते , विहीबार
दुई जनाको लडेर मृत्यु, एक घाइते

धनकुटा, संखुवासभा र ओखलढुङ्गामा लडेर दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । हिजो बिहान ११.४५ बजे धनकुटा नगरपालिका-७ बसपार्कमा अन्दाजी ७० वर्षीय महेन्द्र कटुवाल आफ्नै घरको शौचालयमा लडेर अचेत अवस्थामा फेला परेका थिए । उनका छोराले देखेर उपचारको लागि जिल्ला अस्पताल धनकुटा ल्याएकोमा चिकित्सकले ११ः५५ बजे मृत घोषणा गरेका थिए ।

त्यस्तै हिजो दिउँसो ३.४० बजे संखुवासभा पाँचखपन नगरपालिका-४ फापुङ बस्ने कविराज दर्जीकी अन्दाजी २३ वर्षीया छोरी रमला दर्जी पानी लिन जाने क्रममा साउने खोल्सीको कुवामा लडेर मृत अवस्थामा फेला परेकी थिइन् ।

त्यस्तै गएराति ८.१० बजे ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–५ मा निर्माण भइरहेको पाँच बेडको अस्पताल भवनमा काम गर्ने क्रममा इटहरी- १४ बस्ने २५ वर्षीय अनिल चौधरी लडेर घाइते भएका छन् । डोकोमा इँटा बोक्ने क्रममा लडेर घाइते भएका चौधरीलाई जनसेवा हेल्थ केयर घुर्मीमा सामान्य उपचारपश्चात् थप उपचारको लागि विराटनगरतर्फ लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार