२०८३ असार ५ गते , शुक्रबार

सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन

sajilo news
झापा
२०८१ पौष ११ गते , विहीबार
सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन

नेपाल प्रहरीले लामो समयदेखि बिनाजानकारी सम्पर्कविहीन ३० प्रहरीलाई हाजिर हुन निर्देशन दिएको छ। तीन महिनादेखि आफूखुशी गैरहाजिर रहेका दुई सहायक हवलदार र प्रहरी जवानसहित ३० जनालाई सम्पर्कमा आउन भनिएको हो।

प्रहरी प्रधान कार्यालयको कानून शाखाले बिहीबार सूचना जारी गर्दै एक साताभित्र सम्पर्कमा आउन उनीहरूलाई निर्देशन दिएको हो। तोकिएको समयभित्र नआए उनीहरूलाई सेवाबाटै हटाउने चेतावनी पनि कार्यालयले दिएको छ। 

हेर्नुहोस् सूचना-

सम्बन्धित समाचार