२०८३ असार ५ गते , शुक्रबार

दुई दिनदेखि हराइरहेकी अर्जुनधाराकी महिला मृत फेला

sajilo news
झापा
२०८१ पौष ९ गते , मंगलबार
दुई दिनदेखि हराइरहेकी अर्जुनधाराकी महिला मृत फेला

झापाको अर्जुनधारामा पोखरीमा डुबेर एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि हराइरहेकी अर्जुनधारा नगरपालिका-११ लक्ष्मीधाप बस्ने अन्दाजी ५१ वर्षीया विमला दर्जी आज दिउँसो पोखरीमा डुबिरहेको अवस्थामा मृत फेला परेकी हुन् ।

आइतबार दिउँसो ३ बजे कोही कसैलाई नसोधी उनी घरबाट हिँडेकी थिइन् खोजतलास गर्दै जाँदा सोही ठाउँ बस्ने भूपाल गिरीको माछा पोखरीमा आज दिउँसो १२.३० बजे उनी मृत फेला परेकी हुन् । मृतकका छोरा विमल दर्जीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउन साथ प्रहरी टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार