२०८३ असार ५ गते , शुक्रबार

नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

sajilo news
झापा
२०८१ पौष ९ गते , मंगलबार
नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् ।

गएराति भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार ७८२ मत ल्याएर उनी विजयी बनेकी हुन् । अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरेका छन् ।

मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी थापाले यसअघि जेसीज उपाध्यक्षलगायत विभिन्न क्षेत्र र संस्थाको जिम्मेवारीमा रहेर काम गरिसकेकी छन् ।जेसीजको कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, सुमित्रा भट्टराई, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।

कसले कति मत ल्याए ?

रजनी थापा (राष्ट्रिय अध्यक्ष) ७६२ मत– विजयीजीवन कार्की– ४५३ मत

कार्यकारिणी उपाध्यक्षगणेश सापकोटा– ७८५ मत– विजयीएलिना महर्जन– ७३४ विजयीकृष्ण सापकोटा– ७६८ विजयीसौरभ श्रेष्ठ– ६८३ विजयी

राष्ट्रिय उपाध्यक्षसन्दिप खत्री– १०६८ विजयीदिपक अधिकारी– १०६२ विजयीधनराज कँडेल– १०३४ विजयीसुजन थापा काजी– १०२३ विजयीसंगम कार्की– ९५८ विजयीबबिता पाण्डे– ९२२ विजयीअभिषेक दुलाल– ९०७ विजयीसुमित्रा भट्टराई– ८७८ विजयीउज्जवल काबरा– ८२९ विजयीसुवास गौतम– ८१८ विजयीराघव कोइराला– ८०० विजयीमनिप्रसाद अर्याल– ७८३ विजयी

सम्बन्धित समाचार