२०८२ बैशाख ५ गते , शुक्रबार

खरेलको नेतृत्वमा रास्वपाको झापा जिल्ला समितिलाई पूर्णता

sajilo news
झापा
२०८१ पौष ७ गते , आईतबार
खरेलको नेतृत्वमा रास्वपाको झापा जिल्ला समितिलाई पूर्णता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झापा जिल्ला समितिले पूर्णता पाएको छ । बिर्तामोडमा आज आयोजित दोस्रो जिल्ला भेलाले उमेश खरेल सभापति रहेको जिल्ला समितिलाई पूर्णता दिएको हो । भेलाबाट सभापतिमा उमेश खरेल र उपसभापतिमा प्रकाश पाठक यथावत् रहेका छन् भने सचिवमा शम्भु सुस्केरा ढकाल , सहसचिव भीमबहादुर कुँवर सर्वसम्मत चयन भएका छन् । त्यस्तै महिला सदस्यहरूमा सीता विक , लीला खड्का र कमला पोखरेल तथा पुरुष सदस्यहरूमा पुष्पराज ढकाल र नरेन्द्र शिवाकोटी चुनिएका छन् ।

सभापतिले एक महिला र एक पुरुष मनोनयन गर्न पाउने प्रावधान रहेको छ । गठन हुने ११ जना कार्यसमितिमा निर्वाचन क्षेत्र समितिबाट १–१ जना गरी पाँच जना र पालिका सभापति १५ जना गरी जम्मा ३१ जनाको जिल्ला समिति निर्माण हुने उपसभापति पाठकले जानकारी दिए । जिल्ला भेलामा पार्टीका प्रमुख सचेतक सन्तोष परियार , सचेतक निशा डाँगी , सह प्रवक्ता रमेश प्रसाईँ , केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौलालगायतका नेतृत्वहरूको सहभागिता रहेको थियो ।

२०७९ असार ३० गते भएको प्रथम भेलाले सभापति खरेल र उपसभापति पाठक रहेको दुई सदस्यीय जिल्ला समिति गठन गरेको थियो । सोही समितिले पूर्णता पाएको हो ।

सम्बन्धित समाचार