२०८१ माघ २ गते , बुधबार

फिदिम नगरपालिकाको जेसीबीमा आगलागी

sajilo news
पाँचथर
२०८१ मंसीर २९ गते , शनिबार
फिदिम नगरपालिकाको जेसीबीमा आगलागी

पाँचथारको फिदिम नगरपालिकाको जेसीबीमा आगलागी भएको छ । आज दिउँसो १।२० बजे फिदिम– १ स्थित फिदिमदेखि पल्लोटार जाने भित्री सडकखण्डमा सडक सरसफाइ गर्ने क्रममा फिदिम ११ बस्ने ३८ वर्षीय कमलप्रसाद फुयाँलले चलाएको फिदिम नगरपालिकाको मे १ ग ४३ नम्बरको जेसीबीमा वायरिङ सर्ट भई अचानक आगलागी भएको हो ।

आगलागीबाट करिब रु। २ लाख ५० हजार बराबरको क्षति भएको छ । उक्त आगोलाई स्थानीय बासिन्दाको सहयोगमा दिउँसो २ बजे पूर्णरुपमा नियन्त्रण लिइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार