झापाकाे बिरिङ पुलमा बसको ठक्करबाट माेटरसाइकलमा सवार बाबु-छोरा घाइते
![झापाकाे बिरिङ पुलमा बसको ठक्करबाट माेटरसाइकलमा सवार बाबु-छोरा घाइते](https://timesofpradesh.com/uploads/news/full/1733923803_38674.jpg)
झापाकाे कनकाई नगरपालिका- ८ स्थित बिरिङ पुलमा यात्रुबाहक बसको ठक्करबाट माेटरसाइकलमा सवार बाबुछोरा घाइते भएका छन् । मंगलबार बिहान साढे १० बजे बिरिङ पुलस्थित पूर्वपश्चिम राजमार्गमा बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै मे १ ख १७३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको मे १० प १५९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक मेचीनगर नगरपालिका- ११ का ३० वर्षीय भीमप्रसाद खनाल र उनका बुबा ६३ वर्षीय कृष्णप्रसाद खनाल गम्भीर घाइते भएका छन् ।
भीमप्रसादको अनुहार, दाहिने हात, बायाँ खुट्टामा चोट लागेको छ भने कृष्णप्रसादको टाउको, दाहिने खुट्टामा चोट चोट लागेको छ । दुवै जना घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
बस र बस चालक कनकाई-२ सुरुङ्गा का ४१ वर्षीय चन्द्रप्रसाद ढकाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको प्रहरीले जनाएको छ ।