२०८३ बैशाख २३ गते , बुधबार

९ दिनपछि सुचिनाको हत्यारा सार्वजनिक

sajilo news
झापा
२०८१ मंसीर २५ गते , मंगलबार
९ दिनपछि सुचिनाको हत्यारा सार्वजनिक

गोरखाको बारपाकमा गत मंसिर १५ गते जंगलमा मारेर गाडिएको अवस्थामा भेटिएकी सुचिनाको हत्या गरेको अभियुक्तले स्वीकार गरेका छन्। बलात्कारको प्रयास असफल भएपछि आफूले हत्या गरेको पक्राउ परेका अभियुक्त मन सम्जेर गुरुङले प्रहरीमा बयान दिएका हुन्। प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको हो । 

नौ दिनको अनुसन्धानपछि ४३ वर्षीय गुरुङलाई प्रहरीले सोमबार बिहान तीन बजे घरबाट पक्राउ गरेको थियो। प्रहरीले मंगलबार उनीबिरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।  
मङ्सिर १५ गतेदेखि हराइरहेकी १८ वर्षीया सुचिना गुरुङको शव प्रहरी र बारपाकका स्थानीयवासीको संयुक्त खोजी टोलीले १८ गते मैखर्क जंगलमा गाडिएको अवस्थामा फेला पारेको थियो। 

यसअघि तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले सोमबार बिहान स्थानीय एक विद्यालयका शिक्षक मन सम्जेर गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गरेको थियो। घटना स्थलमा भेटिएका कम्ब्याट टोपी, उनीको टोपी, डोको, नाम्लोका आधारमा सोधपुछ गर्दा उनले आफैले हत्या गरेको स्वीकार समेत गरिसकेको जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव पाठकले बताए।  प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी आरोपितलाई सार्वजनिक गरेको छ।

सम्बन्धित समाचार