२०८३ असार ७ गते , आईतबार
भारतीय प्रधानमन्त्री मोदीले दिए प्रचण्डको नातिनीको बिहेमा शुभकामना
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नातिनी स्मिता दाहाललाई वैवाहिक जीवनको शुभकामना सन्देश पठाएका छन् । यो शुभकामना सन्देश आमा अर्थात् प्रचण्डकी कान्छी छोरी गङ्गा दाहालले सामाजिक सञ्जालमा सेयर गरेकी छन् ।
गङ्गा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु । ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु । कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला ।’ स्मिता गत शुक्रबार प्रेमी सायुज्य श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएकी थिइन् ।
