२०८३ असार ७ गते , आईतबार

इलाममा आफैले काटेको रुखको हाँगाले लागेर एकजनाको मृत्यु

sajilo news
इलाम
२०८१ मंसीर २४ गते , सोमबार
इलाममा आफैले काटेको रुखको हाँगाले लागेर एकजनाको मृत्यु

इलाममा आफैले काटेको रुखको हाँगाले लागेर एकजनाको मृत्यु भएको छ । इलाम देउमाई नगरपालिका– ९ जितपुर सुङ्गुरेडाँडा बस्ने अन्दाजी ४९ वर्षीय तुलसी जबेगूको आफैले काटेको रुखको हाँगाले लागेर मृत्यु भएको हो ।

आइतबार बिहान करिब ११ः३० बजे जबेगूले रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगा खसेर उनको ढाडमा लागेको थियो ।घाइतेलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा उपचारका क्रममा दिउँसो ४.५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

सम्बन्धित समाचार