डोरी तान संघको झापाको अध्यक्षमा युनिता
झापा । झापा जिल्ला डोरी तान संघ अध्यक्षमा युनिता दवाडी चयन भएकी छिन् । संघको बिर्तामोड नगरपालिका ३ मा शनिबार सम्पन्न साधारण सभा तथा अधिवेशनले अध्यक्षमा दवाडीलाई सर्वसम्मत चयन गरेका हुन् ।
त्यस्तै संघको उपाध्यक्षमा कुशब मैनाली र हेम कुमार न्यौपाने, सचिवमा मनीष मुर्मु, सहसचिवमा शङ्कर कट्टेल, कोषाध्यक्षमा मेनुका उप्रेती, सह कोषाध्यक्षमा विजय दुलाल ।रहेका छन् । त्यस्तै सदस्यहरूमा शङ्कर कार्की, कुशल न्यौपाने, नवीन भट्टराई, श्रीप्रसाद न्यौपाने, पुष्प न्यौपाने र भरत ढकाल रहेका छन ।
बिर्तामोड ३ का वडा अध्यक्ष मदन बुढाथोकीको प्रमुख आतिथ्य तथा संघका केन्द्रीय सदस्य सङ्गीता चिमरिया र संघका प्रदेश उपाध्यक्ष हिमा पौडेलको विशेष आतिथ्य रहेको कार्यक्रमको औचित्यमाथि प्रकाशसहित स्वागत मन्तव्य संघका सदस्य हेमकुमार न्यौपानेले गरेका थिए । कार्यक्रमको सञ्चालन सचिव मनिस मुर्मु र प्रतिवेदन पेस कोषाध्यक्ष मेनुका उप्रेतीले गरेका थिए ।