२०८३ बैशाख २३ गते , बुधबार

झापा गाउँपालिकामा वृद्धको हत्या, परालले छोपेको अवस्थामा शव भेटियो

sajilo news
झापा
२०८१ मंसीर २२ गते , शनिबार
झापा गाउँपालिकामा वृद्धको हत्या, परालले छोपेको अवस्थामा शव भेटियो

झापा गाउँपालिकामा एक वृद्धको हत्या भएको छ । हत्या गरेर गाईबस्तुले घाँस खाने डुँडमा परालले छोपेर राखेको अवस्थामा झापा गाउँपालिका-६ की ८१ वर्षीया फूलमणि सोरेनको शव आज साँझ फेला परेको हो ।

घरका अरू सबै सदस्य मकै रोप्न गएका बेला फूलमणिको हत्या भएको हो । काम सकेर घर फर्किदा वृद्धा फूलमणिलाई नदेखेपछि खोजी गर्ने क्रममा डुँडमा परालले छोपेर राखेको अवस्थामा उनको शव फेला परेको थियो । मृतकका ज्वाइँले डुँडको पराल हटाउन खोज्दा वृद्धाको शव देखेको झापा गाउँपालिका-६ का वडाध्यक्ष नवीन किशोर थापाले बताए ।

मुढामा बसेर तोरीको साग केलाउँदै गर्दा ती वृद्धालाई फरुवाले हानेर हत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ । फरुवा घटनास्थलमा फेला परेको छ । प्रहरीले घटनास्थल सिल गरी अनुसन्धान गरिरहेको वडाध्यक्ष थापाले जानकारी दिए । घटनामा संलग्न भएको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिइएको जनाइएको छ ।

सम्बन्धित समाचार